काठमाडौं,कान्तिपुर सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको खुलासा भएको छ । सहकारिमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नदिई बिभिन्न बाहाना बनाएर पटक पटक उम्किने प्रयास गरिरहेको बचतकर्ताहरुले बताएका छन् । काठमाडौंको मिनभवन आलोकनगर स्थित कान्तिपुर सहकारीका सञ्चालक हिमाल मल्ल ठकूरीले शनिबार बचतकर्ताहरुलाई वार्ताका लागि बोलाएपनि उनि आफू बैठकमा उपस्थिति नभएको खुलेको छ । बिभिन्न दुख गरेर कमाएको रकम सहकारीले डुबाउने डर भएपछि र सहकारीका सञ्चालकले जम्म गरेको रकम नदिएर पटक पटक धोका दिएपछि हैरान बनेका बचतकर्ताहरुले कान्तिपुर सहकारी संस्थाको कार्यलयमा धर्ना बसेका छन् ।