काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात अर्थात् ट्रष्ट रिसिट लोन घटाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा मात्र ७१ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक खर्ब चार अर्ब ८० करोड १० लाख रुपैयाँले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा मात्र कुल एक खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले आयातनिर्यात क्षेत्रमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने विकास बैंकहरुले आयातनिर्यात शीर्षकमा २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने फाइनान्स कम्पनीहरुले आयातनिर्यात शीर्षकमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको थियो ।