काठमाडौं । हिमालयन इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही चैत्र २९ गते काठमाडौमा आफ्नो २९औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब २३ करोड ९९ लाख ३६ हजार सात सय रुपैयाँमध्येबाट दुई प्रतिशतका दरले हुनआउने छ करोड १५ लाख ९८ हजार तीन सय रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
कर प्रयोजनको लागि भने कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव १४ प्रतिशतका दरले हुनआउने ३२ लाख ४२ हजार १६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।