काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही चैत्र २० गते बालुवाटारमा आफ्नो १७औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले एक अर्ब ३२ करोड ६६ लाख १४ हजार तीन सय ५५ रुपैयाँमध्येबाट शून्य दशमलव ५२ प्रतिशतका दरले हुनआउने ६९ लाख ८२ हजार एक सय ८१ रुपैयाँबराबरको नगद लाभांश र १० प्रतिशतका दरले हुनआउने १३ करोड २६ लाख ६१ हजार चार सय ३६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्र्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजा सात सय ९१ रुपैयाँ पुग्नेछ । सोही वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँलाई वृद्धि गरी तीन अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।