काठमाडौं । सेयर बजारको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २६ दशमलव ८० अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार पनि २४ दशमलव ६८ अंकले ओरालो लागेर १९ सय ५१ दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव ४९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २६ हजार आठ सय ५० पटकको कारोबारमा ३३ लाख ६९ हजार एक सय ३६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख तीन हजार पाँच सय १५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।