काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी)को ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिन जंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा ११ दशमलव ५८ प्रतिशत लाभांश पारित गरेको छ । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरू पारित गरेको छ ।
सभाका अध्यक्ष सचिनजंग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरूप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाएकोमा धन्यवाद ज्ञापन गरे । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरूमार्फत ७४ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब आठ करोड बचत संकलन गरी चार अर्ब २५ करोड रुपैयाँभन्दा बढी लगानी गरेकोे छ ।