काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १४ लाख छ हजार १६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड चार लाख ५८ हजार नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार दुई सय ६० रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब एक करोड ३३ लाख ८६ हजार एक सय ८८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३६ करोड २३ लाख १५ हजार दुई सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ९४ लाख दुई हजार आठ सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा एक करोड २० लाख १५ हजार सात सय ५१ रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने संस्थाले ९८ करोड ३६ लाख ६९ हजार ६३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २३ करोड ४७ लाख २७ हजार तीन सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले १३ करोड ९५ लाख ५२ हजार तीन सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।