काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेका छन् । खेलाडीहरुको आत्मबिश्वास बढाउना दाहाल टियू पुगेका हुन् । घरेलु दर्शकहरुको साथ पाएको नेपाली टोलीले खेल चरिरहदा २२.४ ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछाने १ विकेट,ललित राजवंशीले १ विकेट लिदा १ विकेट भने रन आउटको रुपमा नेपाले पाएको छ । (यूएई)का ब्याटर मुहम्मद वसीम ६३ रन, चुन्दंगापोयल रिजवान ७, आर्यन लाक्रा ६ रन बनाएर आउट भए भने,क्रिजमा वृत्य अरविन्द ३७ रन र आयान अफजल खानले १ रन बनाएर खेल्दै छन् ।