काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको महत्वपूर्ण खेलमा ओपनर ब्याटर कुशल भुर्तेलले अर्ध सतक प्रहार गरेरका छन् । उनले भिम सर्कीसँग मिलेर नेपालको इनिङलाई अगाडी बढाईरहेका छन् । भिम सार्की २४ रन र कुशल भुर्तेल ५० रन बनाएर क्रिजमा खेलिरहेका छन् । नेपालले अर्का ओपनर आसिफ शेख ०,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ रनमा गुमाईसकेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम निर्णायक खेलमा यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि तीन सय ११ रनको बिशाल लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले पहिला ब्याटिङ गरेको (यूएई)ले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १० रन बनायो । यूएईका लागि ब्याटर मुहम्मद वसीम ६३ रन, चुन्दंगापोयल रिजवान ७, आर्यन लाक्रा ६ रन,आयान अफजल खान ३, रोहन मुस्तफा २० रन प्रहार गरेका थिए । सुरुवातबाटै समालिएर खेलेका वृत्य अरविन्दले उत्कृष्ट ९४ रनको पारि खेल्दा आसिफ खानले नटआउट १०१ रनको आक्रमक सतकिए फिनिसिङ गरि नेपाललाई तीन सय ११ रनको विजयी लक्ष्य प्रस्तुत गरे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ विकेट, ललित राजवंशी १ सन्दीप लामिछानेले १,र सोमपाल कामीले १ विकेट लिदा १ विकेट रनआउटमा मिलेको थियो ।
विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।
नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।