काठमाडौं । लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो निजी निवासमा सरेका छन् । उनी बिहीबार उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।