काठमाडौं,आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ । भिडिल अडर ब्याटर भिम सार्की ६७ रन बनाएर आउट भएका छन् । यसअघि ओपनर ब्याटर कुशल भुर्तेल ५० रन बनाएर आउट भएका थिए । अहिले गुलशन झाले आरिफ शेखसँग मिलेर नेपालको इनिङलाई अगाडी बढाइरहेका थिए । आरिफ शेख ३८ रन बनाएर खेलीरहेका छन् । भने गुलशनले ३ रन बनाएर उनलाई साथ दिइरहेका छन् । नेपालले ओपनर आसिफ शेख ०,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ रनमा कुशल भुर्तेल ५० र भिम सार्की ६७ रन गुमाईसकेको छ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम निर्णायक खेलमा यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि तीन सय ११ रनको बिशाल लक्ष्य दिएको थियो ।