काठमाडौं । शंखरापुरका मेयर रमेश नापितको घरेलु हिंसाको शिकार बनेकी उनकी पत्नी सरिता नापितलाई राष्ट्रिय महिला आयोगले फेरि सेफ हाउसमा पठाएको छ ।

आयोगले श्रीमती नापितलाई चैत १ गते बालुवाटारमा रहेको नवज्योति केन्द्रमा पठाएको छ । आयोगले यसअघि उनलाई सिनामंगलमा रहेको शुभअवसर ग्राममा पठाएको थियो ।