काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंदैछन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको जानकारी गराएका छन् । कांग्रेसले आइतबार नै मध्याह्न १२ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।