काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर तोलको एक लाख १० हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । सुनको मूल्य अझै बढ्न सक्ने सङ्केत देखिएको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।