काठमाडौं, चैत ९ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही चैत १ गते बसेको दुई सय १४औँ बैंठकले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २९ लाख चार हजार एक सय २३ रुपैयाँबाट १५ प्रतिशतको अनुपातमा ३९ करोड ३४ लाख ३५ हजार छ सय १८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।