ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको शनिबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।