काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले चालू आथिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड १९ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ७९ लाख छ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ८० करोड ८२ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब छ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड १७ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम दुई करोड ९५ लाख दुई हजार रुपैयाँ रहेको छ भने स्प्रेड दर चार दशमलव १५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७८ करोड ८२ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २१ करोड छ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ३२ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर आठ दशमलव २४ प्रतिशत रहेको थियो ।