काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र एक रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र पाँचदेखि ११ गते (तदनुसार मार्च १९ देखि २५) सम्म सात दिनका लागि मान्य रहनेछ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत एक रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले एक रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।
बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्स)लाई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकांकहरूमा पहिलो बैंकले तीन सय ६४ वटा शाखा कार्यालय, तीन सय ६३ वटा एटीएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।