काठमाडौँ । सोमबार निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । शीतलनिवासमा नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै नन्दबहादुर पुनको बिदाइ गरिएको हो । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका थिए । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवर्ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।