काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । यसअघि प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।
प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन्। प्रधानमन्त्रीलाई १३८ जना सांसदहरुकोे विश्वासको मत चाहिन्छ। यदि ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था रहन्छ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरुसँगको गठबन्धन सरकार टुट्न पुगेको छ ।