काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । यसअघि लगातार ओरालो लाग्दै आएको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार २२ दशमलव ६५ अंकले उकालो लागेर १९ सय ४९ दशमलव शुन्य छ बिन्दुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले उकालो लागेर तीन सय ६६ दशमलव २१ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५८ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् ।
जसबाट २९ हजार दुई सय ८२ पटकको कारोबारमा ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौं सय ८८ रुपैंयाँ कायम हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो देखिएको छ ।