काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।
उपराष्ट्रपति धनखरले सोमबार सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएको हो । राससका अनुसार उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गरेका छन् ।
यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेको हो ।