सुदुरपश्चिम । गए राति से१च ८८७० नं.को ट्रलीसहितको ट्र्याक्टर कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २६ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा अन्य घाइतेहरुको उपचार भइरहेको छ । कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । चालक भजनीका सुरज चौधरी वेपत्ताहुँदा उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।