काठमाडौं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच सम्झौता भएको छ । दुवै संस्थाहरूले विद्युतीय सवारीसाधनमा लगानी विषयमा सम्झौता गरेका हुन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्रान्डका विद्युतीय गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्नसक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको तीन सय ६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यो सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ ।