काठमाडौं । कम्युनिस्ट पार्टीनिकट ६ किसान सङ्गठनहरूले विभिन्न मागसहित माइतीघरमा प्रदर्शन गरेका छन् । किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नु पर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ (अप्फां), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान सङ्घलगायत किसान संगठनहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले आफ्ना माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।