काठमाडौं । सेयरबजार परिसुचक पुन: ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक १५ दशमलव ७६ अंकले ओरालो लागेर १९ सय ३३ दशमलव २९ बिन्दुमा खुम्चिएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३० अंकले ओरालो लागेर तीन सय ६३ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् ।
जसबाट ३० हजार चार सय ८५ पटकको कारोबारमा ३७ लाख ७७ हजार चार सय कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौं सय २९ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।