काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो । एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?)’ भनी बोलेका थिए ।
गुजरातको सुरत अदालतले गान्धीलाई ३० दिनको लागि जमानत दिइएको छ र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसद गान्धी अदालतमा उपस्थित थिए। बाहिर समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका थिए ।