नवभारत टाइम्स, बहुचर्चित पञ्जाव नेशनल बैंक घोटालाका योजनाकार नीरव मोदी कौडीमा निर्भर भएका छन् । कुनै बेला हिरासँगै सुत्ने उनीसँग अहिले पिज्जा किन्ने पैसा समेत छैन । नीरव मोदीको अवस्था अहिले दुर्दशामा फसेको छ ।
भगौडा नीरव मोदीको खराब समय सुरु भइसकेको छ । उधारोबाट जिन्दगी चलिरहेको छ । उनको कम्पनी फायरस्टार डायमन्ड इन्टरनेशनल प्राइभेट लिमिटेडको खातामा मात्र २३६ भारु बचेको छ । मोदी कुनै बेला भारतकै धनी व्यापारीको सूचीमा अटाउँथे । तर अहिले कंगाल बन्नपुगेका छन् ।
रिपोर्टहरुका अनुसार नीरव मोदीको जिन्दगी उधारोमा चलिरहेको छ । उनीसँग अदालती कारबाहीको खर्च जुटाउनेसम्मको पैसा समेत छैन । सम्पत्ति जफत भएपछि मोदीको अवस्था बिग्रिएको छ । मोदीको खराब दिनको सुरुवात २०१९ मा त्यस्तो समयमा सुरु भयो जब उनी लण्डन प्रहरीको चंगुलमा फस्न पुगे ।
लण्डन प्रहरीले मोदीलाई गिरफ्तार गरिदियो । त्यसपछि उनको खराब दिन सुरु भएको थियो । नीरव मोदीले पञ्जाव नेशनल बैंक (पीएनबी) सहित भारतीय बैंकको हजारौँ करोड डुबाइदिए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, आपराधिक जालझेल, धोखाधडी र सरकारी कर्मचारीलाई प्रताडित गरेको जस्ता मुद्दा दर्ता छन् ।
सीबीआई र ईडीको जाँचपछि पीएमएलए अदालतले उनलाई भगौडा घोषित गरेको थियो । नीरव मोदीमाथि १४ हजार करोड अर्थात् १ खर्ब ४० अर्ब भारु ठगीको मुद्दा दर्ता भएको छ । सन् २०१७ को फेब्रुअरीमा नीरव मोदीले बैंकलाई गुमराहमा राखेर १ खर्ब ४० अर्ब भारु डुबाइदिएका थिए । त्यसपछि देशै छोडेर भागेका थिए ।
पीएनबीलाई डुबाउने काम सन् २०१७ फेब्रुअरीमा सुरु भएको थियो । नीरव मोदीले बैंकले ८ किस्तामा १ खर्ब ४० अर्ब भारु ऋण लियो । सन् २०१८ जनवरीमा ऋण लिएपछि मोदी भारतबाट भागेका थिए । सन् २०१८ मा पीएनबी बैंकले उनीविरुद्ध धोखाधडीको मुद्दा दर्ता गरेको थियो । सन् २०१८ फेब्रुअरीमा सीबीआईले उनीविरुद्ध एफआईआर दर्ता गरेको थियो । त्यही वर्ष जुनमा उनीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।
सन् २०१९ अगस्टमा सीबीआईले नीरव मोदीको सुपुर्दगी मागेको थियो । बेलायतको तल्लो अदालतले उनको सुपुर्दगीलाई स्वीकृति पनि दिएको थियो तर सन् २०२१ मा यो फैसलाविरुद्ध बेलायती उच्च अदालतमा निवेदन दर्ता गर्यो । अहिले यो मुद्दा अदालतमै विचाराधीन छ ।
नीरव मोदीलाई कुनै बेला ‘डायमन्ड किङ’ले पनि चिनिन्थ्यो । उनको सम्बन्ध बेल्जियमको एन्टवर्प सहरका हिरा कारोबारी परिवारसँग रहेको छ । अमेरिकाका वार्टन स्कुलमा पढेपछि मोदीले सन् २०१० मा आफ्नो नामबाट ज्वेलरी ब्रान्डको सुरु गरेका थिए । हलिउडमा उनको डिजाइन भएको ज्वेलरीको विशेष माग थियो । उनको ब्रान्ड यति चर्चित भयो कि उनले सन् २०१७ मा फोर्ब्स अर्बपति सूचीमा आफूलाई ८५औँ नम्बरमा पु¥याए । नीरव मोदीसँग त्यो समयमा १.७३ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १० अर्ब भारु सम्पत्ति थियो । भावानुदित