काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १३औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत २९ गते पोखराको होटल टास्क इन्टरनेसनलमा आफ्नो १३औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार चार सय ११ रूपैयाँमध्येबाट १९ प्रतिशतका दरले हुन आउने पाँच करोड ९४ लाख ४६ हजार तीन सय २८ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिशतका दरले हुनआउने ३१ लाख २८ हजार सात सय ४५ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही चैत १६ गतेदेखि चैत २९ गतेसम्म सेयर दखिला तथा खारेजी बन्द हुनेभएको छ ।