काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत ‘प्लान योर मनी प्लान्ट योर फ्युचर’ भन्ने उद्देश्यका साथ यही २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापीरूपमा मनाउने क्रममा जनक उच्च मावि गैडाकोट नवलपरासीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूमाझ गरी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम ‘वित्तीय साक्षरता सबैमा सचेतना’ भन्ने उद्देश्यका साथ युवावर्गहरूलाई बैंकिङ प्रणालीको बारेमा जानकारी गराएको थियो । ग्लोबल मनी वीक कहिलेबाट केका लागि र यो किन आवश्यक रहेका छ अबको आर्थिक कारोबार भनेको डिजिटल बैंकिङको हो, जुनसुकै कारोबार पनि बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिई त्यसको सदुपयोग गर्नुपर्ने, आजको बचत भोलिको भविश्य हुनेबारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले जानकारी गराएका थिए ।