काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत २८ गते आफ्नो चौथो वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
उक्त सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार पाँच सय ३० रुपैयाँमध्येबाट सात प्रतिशतका दरले हुनआउने तीन करोड २९ लाख ९५ हजार नौ सय ३७ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले कर प्रयोजनका लागि शून्य दशमलव ३६ प्रतिशतका दरले हुन आउने १७ लाख ३६ हजार छ सय २८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।