काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७३ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ३२ करोड ३९ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड ६१ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड २४ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गतआवको सोही अवधिमा भने संस्थाले २४ करोड ६४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ९१ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ५१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३३ लाख ८३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव शून्य चार प्रतिशत रहेको थियो ।