काठमाडौं । कृषि विकास बैंक प्रदेश कार्यालय बागमती प्रदेशले दोलखाको जिरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले जिरीको सरस्वती सामुदायिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमख सुदिपभक्त आचार्यको उपस्थितमा सञ्चालित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तथा अन्य सहभागीहरूमा वित्तीय ज्ञान प्रदान गरिएको थियो । बैंकिङ कारोबारका सम्बन्धमा बैंकका उपमहाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक उपाध्यायले प्रकाश पारेका थिए ।