काठमाडौं । देशैभर गाडीका नक्कली पार्टपुर्जाको कारोबार हुने गरेको पाइएको छ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याएर यसको कारोबार हुने गरेको छ ।
प्रहरीले स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी राखेको जनाएको छ । यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साँखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्ट्सका सञ्चालक सतिस शाक्यलाई सम्बन्धित निकायमा उपस्थित गराई यस्तो कारोबार नगर्न सचेत गराइएको छ ।