कैलाली । गोदावरी नगरपालिका-१ मनहरास्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से.५ प. ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।