काठमाडौं । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको हो । तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।