काठमाडौं । अध्यक्ष रञ्जिता श्रेष्र्ठ नागरिक उन्मुक्ति पार्टीकोे तर्फबाट मन्त्री बन्ने भएकी छिन्। पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले बताएका छन्।

श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको छ। आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।