दोलखा,दोलखाको भीमेश्वर नगरपालिका वडानम्बर -६ चोथाङमा शनिबार बिहान ट्रकको ठक्करबाटबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा काभ्रेपलानञ्चोक महाभारत गाउँपालिका-८ घर भइ भीमेश्वर नगरपालिका-६ बस्ने अन्दाजी २० वर्षीय राजु मगर रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।काठमाडौंतर्फ गइरहेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरीत दिशा तर्फबाट आइरहेको मोटरसाईकललाई ठक्कर दिँदा त्यसमा सवार धनुषाका अभिषेक शाह घाइते भएका छन् ।
उनको च्छो रोल्पा अस्पताल चरिकोटमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।