काठमाडौं । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।