काठमाडौँ । नेकपा एमालेले वैशाख १० मा हुने उपनिर्वाचनका लागि २ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो ।
चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने बैठकले निर्णय गरेको सुरेन्द्र पाण्डेले जानकारी दिए । बारामा उम्मेदवार नछानेको हुँदा बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एमालेले जनाएको छ ।
गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा खनाल काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए । खनाललाई एमालेले दोस्रो पटक उम्मेदवार बनाउन लागेको हो । वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।