काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार बीमांक ६३ रुपैयाँदेखि ८५ रुपैयाँसम्म निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा नौ वर्षदेखि २० वर्ष अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका लागि प्रतिहजार ७० रुपैयाँ र २६ वर्ष वा सोभन्दा माथिका लागि प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
त्यस्तै, सावधिक तथा आजीवन बीमालेखअन्तर्गत नौ वर्षदेखि २० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा नौ वर्ष र १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार ६४ रुपैयाँ, २० र सोभन्दा माथिका लागि प्रतिहजार ६४ रुपैयाँका दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।
उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा/दाबी/पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने पनि कम्पनीले जनाएको छ ।