Download the Aarthik
App
Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!
०९:४१
FOREX PRICE
USD: Buy 151.71 | Sell 152.31
आर्थिक दैनिक
Edition|Print Edition|Video|Share Market
Home
Story
Explore

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए।
दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए।
उनको गाडी केही मिनेटमै अदालत पुग्यो।"निकै अवास्तविक लाग्छ - वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्," ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे।
अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए। बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए।
अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो।
पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन।अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे। त्यसपछि उनले आफ्नो दलिल पेस गरे।
(बीबीसी)





