काठमाडौं । टीभीएसले नयाँ वर्षमा आकर्षक अफरहरु लिएर आएको छ । यस नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार, स्कुटरको खरिदमा सात हजार रुपैयाँ स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा पाँच हजार रुपैयाँ मूल्यबराबरको हेल्मेट सित्तैमा दिनेछ ।
साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँ बढी भ्यालुएसन पनि दिने भएको छ । यो अफर देशैभर आइतबारबाट सुरु भएर सीमित अवधिको लागि मात्र लागू कम्पनीले जनाएको छ ।
गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफ्ना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरुमाझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ ।