श्रीलंका । श्रीलंकाको सरकारी स्वामित्वको लिट्रो ग्यास लंकाले मंगलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ। विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
कुल १२.५ किलो तौलको घरेलु ग्यासको मूल्य एक हजार पाँच रुपैयाँले घटेको र परिमार्जित मूल्य अहिले तीन हजार सात सय ३८ रुपैयाँ रहेको लिट्रो ग्यासका अध्यक्ष मुदिथा पेरिसले जानकारी दिएका छन् । यसैगरी पाँच किलोको सिलिन्डरको मूल्य चार सय दुई रुपैयाँले घटाएर एक हजार पाँच सय दुई रुपैयाँ र २.३ किलोको सिलिन्डरको मूल्य १८३ रुपैयाँले घटेर सात सय रुपैयाँ पुगेको छ । यसैबीच देशको अर्को प्रमुख ग्यास आपूर्तिकर्ता कम्पनीले पनि घरेलु ग्यास सिलिन्डरको मूल्य घटाएको छ ।