काठमाडौं । मेगा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङले ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेडले निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूति गर्ने भएका छन् । सो सम्बन्धमा मंगलबार हाइड्रोपावर र दुई कम्पनीबीच सम्झौता भएकोे छ ।
सम्झौतापत्रमा ग्लोबल हाइड्रोपावर एसोसिएट्सका तर्फबाट अध्यक्ष मोतिलाल दुगड, मेगा क्यापिटल मार्केट्सका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् । कम्पनीले ५८ करोड ६० लाख रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।