काठमाडौं । एक्स–एज नेपालले आफ्नो चौथो वार्षिक महोत्सवको अवसरमा दराज ब्राण्ड डे सेल लिएर आएको छ । बिहीबारसम्म सञ्चालन हुने यस योजनामा ग्राहकहरुले ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस योजनामा विभिन्न गिफ्ट भौचर समेत उपलब्ध छन् । जसमध्ये पाँच सय रुपैयाँभन्दा माथिको अर्डरमा १० प्रतिशतसम्मको भौचर डिस्काउन्ट रहेको छ । यी अफर एक्स–एचको उत्पादनहरुमा मात्रै लागू हुने कम्पनीले जनाएको छ ।