काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता भएको छ।
उनीहरुको शुक्रबार काठमाडौंको घट्टेकुलोमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको घोषणा भएको हो। पार्टी एकता घोषणा सभामा बोल्दै वैद्यले छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एकता प्रक्रियामा आउनुपर्ने बताएका छन् । ‘यो पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्प हो,’ उनले भने।
बास्तोलाले उक्त कार्यक्रममा बोल्दै अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि एकतामा आउन आग्रह गरेका छन्। नेकपा मसाल पनि छिट्टै एकता प्रक्रियामा आउने उनीहरूले बताएका हुन्।