काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह शनिबार संघीय सरकारमाथि खनिएका छन् । शाहले आजबाट सिंहदरबारको फोहोर नउठाउने बताएका छन्।
शनिबार बिहानै फेसबुकमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक(पटक कडा टिप्पणी गर्दै आएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिकाले गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गर्दा महानगरपालिका सफल हुन सकेन । असफल हुनमा केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ । मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।