काठमाडौं । सेयर बजार परिसुचक उच्च अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक २८ दशमलव ३१ अंकले ओरालो लागेर १८ सय ३८ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २४ अंकले ओरालो लागेर तीन सय ४८ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २९ हजार दुई सय ३९ पटकको कारोबारमा ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब १५ करोड ९४ लाख ४८ हजार चार सय ११ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुमहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो भएको छ ।