काठमाडौं । फोटोेन मोटर्सको आधिकारिक डिलर एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ वर्षको अवसरमा आकर्षक स्किम ल्याएको छ । कम्पनीका अनुनसार ग्राहकले नौ दशमलव ९९ प्रतिशत ब्याजदर र न्यूनतम १२ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा टुनल्याण्ड पिकअप सवारीसाधन खरिद गर्न सक्नेछन् ।
कम्पनीले एक्सचेन्ज अफर पनि ल्याएको छ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नवीन आचार्यले यो नयाँ वर्षको अफरसँगै, ग्राहकले अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्ने बताए । यस अफरको फाइदा लिन ग्राहकहरूले एमएडब्लु वृद्धिको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधिसँग सम्पर्क गर्न सक्नेछन् ।